क्षयरोग एचआईभी सह-सङ्क्रमण
क्षयरोग (TB) र एच. आई. भी. (HIV) विशेष गरी नेपाल जस्ता विकासशील देशहरू र विश्वमै विश्वव्यापी स्वास्थ्य चुनौतिको रुपमा रहेको छन्। क्षयरोग र HIV सह-सङ्क्रमणले जनस्वास्थ्यमा प्रभाव पार्ने हुँदा , यसलाई कम गर्नका लागि लक्षित कार्यक्रम तथा क्रियाकलापहरु आवश्यक पर्दछ। सन् २०२३ मा, नयाँ ART सुरु गर्ने २,४१६ सङ्क्रमित मध्ये, १७४ जनालाई क्षयरोगको निदान गरिएको थियो। यसैगरी, TB पत्ता लागेका बिरामीहरु मध्य ९८% (१७०/१७४) बिरामीहरूले ART सँगै TB सँग सम्बन्धित उपचार पनि प्राप्त गरेका थिए। TB र HIV सह-संक्रमणको बोझ कम गर्न TB Preventive Therapy मा पहुँच विस्तार गर्नु महत्त्वपूर्ण देखिन्छ।
क्षयरोग अन्त्य गर्ने राष्ट्रिय रणनीतिक योजना २०२१/२२-२०२५/२६ ले बहु-क्षेत्रीय दृष्टिकोणको कार्यान्वयनलाई प्राथमिकता दिँदै TB/HIV सह-सङ्क्रमणबाट हुने उच्च जोखिमहरूलाई सम्बोधन गर्दै TB/HIV मा सहकार्यलाई प्राथमिकता राखेको छ। यसबाहेक, नेपालमा क्षयरोग र एचआईभी सहकार्यको लागि कार्यान्वयन निर्देशिकाको चौथो संस्करणलाई NTCC र NCASC दुवैले अनुमोदन गरेका छन्। यो कार्यान्वयन निर्देशिकाले विभिन्न स्तरहरूमा क्षयरोग र एचआईभी सहयोगी गतिविधिहरूको कार्यान्वयनकर्ताहरूको लागि मार्गदर्शकको रूपमा काम गर्दै विश्व स्वास्थ्य संगठनको सिफारिसहररुलाई आत्मसाथ गरेको छ।
नेपालमा क्षयरोग/एचआईभी सहकार्यका गतिविधिहरूमा क्रियाकलापहरु।
- सहकार्य र संयुक्त क्षयरोग-एचआईभी योजनाको लागि क्षयरोग/एचआईभी संयन्त्र स्थापना गरी सुदृढीकरण गर्ने।
- कार्य सञ्चालन निर्देशिकाहरू, प्रशिक्षण पुस्तिकाहरू र आईईसी सामग्रीहरू विकास गर्ने
- क्षयरोग/एचआईभी सेवाहरूलाई सुदृढिकरण गर्न सर्भिलेन्स तथा Operational research गर्ने
- क्षयरोग-एचआईभी कार्यक्रमको संयुक्त सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कन गर्ने।
- एचआईभी/एड्स भएका मानिसहरूमा सहसङ्क्रमणको हुनबाट घटाउने ।
- क्षयरोग/एचआईभी सहसङ्क्रमणको सक्रिय खोजपडताल गर्ने
- क्षयरोग र एचआईभी सेवाहरूमा पहुँच सुधार गर्दै TB Preventive Therapy सेवा उपलब्ध गराउने।
- TB/HIV को लागि वकालत सञ्चार र सामाजिक परिचालन (ACSM)
- TB क्लिनिकमा HIV परीक्षण र परामर्श।
- TB/HIV सह-संक्रमित केसहरूलाई उपचार, हेरचाह र सहयोग प्रदान गर्नु।
- TB/HIV सहकार्य कार्यान्वयन गर्न मानव संसाधनको विकास र सुदृढीकरण।