प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

गत आर्थिक वर्षमा ३९ हजारमा देखियो क्षयरोग

गत आर्थिक वर्षमा ३९ हजारमा देखियो क्षयरोग

गत आर्थिक वर्षमा ३९ हजारमा क्षयरोग देखिएको छ।

आर्थिक वर्ष २०८१\०८२ मा ३९ हजार १ सय १८ मा क्षयरोग देखिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ। जसमध्ये १ हजार २ सय ८० जनाको मृत्यु भएको थियो। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले अहिले १ लाख जनसंख्यामा १ सय ८१ जनालाई देखिएको बताए। उनले सन् २०३५ सम्म १ लाखमा १० भन्दा कममा झार्ने गरी काम भइरहेको बताए।

त्यस्तै, सन् २०५० मा १० लाख जनसंख्यामा १ जनाभन्दा कममा खुम्च्याउने लक्ष्य रहेको उनको भनाइ छ। सोमबार स्वास्थ्य पत्रकार मञ्चले गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक तिवारीले लक्ष्य भेटाउन नयाँ रणनीति र कार्यक्रमहरू अघि बढाइएको समेत बताए।

समयमै पत्ता लगाए नियमित औषधि सेवन गरेमा क्षयरोग पूर्ण रूपमा निको हुन्छ। सरकारले परीक्षण तथा उपचार नि:शुल्क गरेको छ। कार्यक्रममा वरिष्ठ छाती रोग विशेषज्ञ डा. नविन प्रकाश शाहले क्षयरोग लागेका व्यक्तिको उपाचार नगरेमा ५० प्रतिशतको मृत्यु हुने बताए। त्यस्तै, २५ प्रतिशतको आफै निकै हुने र २५ प्रतिशतले अरूलाई सार्ने बताए। अविकसित देशमा धेरै गरिबी हुने भएकाले टिबीको समस्या पनि रहने भन्दै डा. शाहले गरिबी रहेसम्म टिबीको समस्या पनि रहिरहने बताए।

 

source: