NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा सप्तमी - २२

गत आर्थिक वर्षमा ३९ हजारमा देखियो क्षयरोग

गत आर्थिक वर्षमा ३९ हजारमा देखियो क्षयरोग

गत आर्थिक वर्षमा ३९ हजारमा क्षयरोग देखिएको छ।

आर्थिक वर्ष २०८१\०८२ मा ३९ हजार १ सय १८ मा क्षयरोग देखिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ। जसमध्ये १ हजार २ सय ८० जनाको मृत्यु भएको थियो। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले अहिले १ लाख जनसंख्यामा १ सय ८१ जनालाई देखिएको बताए। उनले सन् २०३५ सम्म १ लाखमा १० भन्दा कममा झार्ने गरी काम भइरहेको बताए।

त्यस्तै, सन् २०५० मा १० लाख जनसंख्यामा १ जनाभन्दा कममा खुम्च्याउने लक्ष्य रहेको उनको भनाइ छ। सोमबार स्वास्थ्य पत्रकार मञ्चले गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक तिवारीले लक्ष्य भेटाउन नयाँ रणनीति र कार्यक्रमहरू अघि बढाइएको समेत बताए।

समयमै पत्ता लगाए नियमित औषधि सेवन गरेमा क्षयरोग पूर्ण रूपमा निको हुन्छ। सरकारले परीक्षण तथा उपचार नि:शुल्क गरेको छ। कार्यक्रममा वरिष्ठ छाती रोग विशेषज्ञ डा. नविन प्रकाश शाहले क्षयरोग लागेका व्यक्तिको उपाचार नगरेमा ५० प्रतिशतको मृत्यु हुने बताए। त्यस्तै, २५ प्रतिशतको आफै निकै हुने र २५ प्रतिशतले अरूलाई सार्ने बताए। अविकसित देशमा धेरै गरिबी हुने भएकाले टिबीको समस्या पनि रहने भन्दै डा. शाहले गरिबी रहेसम्म टिबीको समस्या पनि रहिरहने बताए।

 

source: