सामुदायिक प्रणाली सुदृढीकरण

नेपाल सरकार, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले २०२१/२२-२०२५/२६ मा क्षयरोग अन्त्य गर्न राष्ट्रिय रणनीतिक योजना विकास गरेको छ जो अघिल्लो रणनीतिहरु, विश्वव्यापी क्षयरोग अन्त्य रणनीति र दिगो विकास लक्ष्यहरुलाई आत्मसाथ गरेको छ। क्षयरोग अन्त्यको राष्ट्रिय रणनीति योजनामा रणनीति १ ले सामुदायिक प्रणाली सुदृढीकरण अर्थात् क्षयरोग मुक्त नेपाल अभियानमा समुदायको संलग्नता र स्वामित्वलाई सुदृढ गर्ने उल्लेख छ। क्षयरोग मुक्त नेपाल अभियान कार्यान्वयन, क्षयरोगको रोकथाम तथा नियन्त्रण, बिरामीहरुको हेरचाह तथा उपचार, सुक्ष्म योजना तर्जुमा र यसका लागि क्षमता विकास तथा आबश्यब श्रोत व्यवस्थापनका लागि सम्पुर्ण तहमा रहेको नेतृत्व तथा समुदायको सहभागीतामा जोडदिएको छ।

सामुदायिक प्रणाली सुदृढीकरणले गुणस्तरीय निदान, उपचारमा पहुँच सुनिश्चित गर्दै समग्र क्षयरोग व्यवस्थापनमा मद्दत गर्दछ। सामुदायिक प्रणाली सुदृढीकरण दृष्टिकोणले केस पत्ता लगाउन, उपचारमा सुधार, भेदभाव न्युनिकरण, क्षयरोगबाट प्रभावित व्यक्तिहरूलाई सशक्तिकरण गर्न र क्षयरोगको लागि राजनीतिक प्रतिबद्दता र स्रोतहरू परिचालन गर्न मद्दत गर्दछ।

क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत सामुदायिक प्रणाली सुदृढीकरणका लागि गरीएका प्रमुख क्रियाकलापहरु

  • स्थानीय स्तरमा क्षयरोग मुक्त नेपाल अभियान समितिको गठन
  • वडा स्तरमा क्षयरोग मुक्त नेपाल अभियान समितिको गठन
  • क्षयरोग मुक्त नेपाल अभियानमा स्थानीय स्तरमा सहभागीतामुलक अनुगमन र मूल्याङ्कन समितिको गठन।
  • क्षयरोग कार्यक्रमको लागि स्थानीय स्तरमा आधारभूत व्यवस्थापन एकाइ (BMU) को स्थापना।
  • सामुदायिक परिचालन: TBFCVs, FCHVs, स्कूल नर्स/स्वास्थ्य शिक्षकहरूको विकास र परिचालन, बिरामी सहयोग समूह, युवा समूह, नागरिक समाज संगठन, आमा समूहहरू
  • क्षयरोग व्यवस्थापनका लागि स्थानीय स्तरमा सम्पुर्इ सरोकारवालाहरुको सहभागितामा सूक्ष्म-योजना तर्जुमा
  • क्षयरोग बिरामीहरूको पहिचान, रोकथाम, निदान, उपचार र हेरचाहको लागि स्वास्थ्य संस्थाहरुको सुदृढीकरण।