NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा षष्ठी - २१

क्षयरोग मुक्त नेपाल अभियान

क्षयरोग मुक्त नेपाल अभियान

क्षयरोग मुक्त नेपाल अभियान क्षयरोग अन्त्यको राष्ट्रिय रणनीतिक योजना २०७८/७९-२०८२/८३ ले प्रथमिकता दिएको प्रमुख कार्यनीति हो। नेपाल सरकारले क्षयरोगका चुनौतीहरूलाई सम्बोधन गर्न र समुदाय र स्थानीय तहलाई जवाफदेही बनाउन अभियान सुरु गरेको छ । यस अभियान नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ देखि २५ स्थानीय तहमा कार्यान्वयन गर्दै सुरुवात गरेको थियो र अब आर्थिक वर्ष २०८१/८२ सम्म १४९ स्थानीय तहमा विस्तार गरिएको छ। यस
अभियानलाई स्थानीय तहको राजनीतिक प्रतिबद्धता, संलग्नता, स्वामित्व र नेतृत्व, गैरसरकारी र निजी क्षेत्रलाई सुदृढ पार्दै सम्पुर्णको समर्थन र एकीकृत दृष्टिकोणका साथ कार्यान्वयन गरिनेछ।

यस अभियानका मुख्य उद्देश्य तथा रणनीतिहरु

उद्देश्य १: स्थानीय श्रोत र साधनको परिचालन गरी गुणस्तरीय तथा दिगो रुपमा क्षयरोग सेवाहरू प्रदान गर्नु।

१.१ स्थानीय तहका प्रत्येक वडामा प्रभावकारी सेवाका लागि बिद्यमान समस्याहरुको पहिचान, बिश्लेषण, प्राथमिकिकरण र कार्ययोजना तयार गर्ने ।

१.२ स्थानीय तहमा क्षयरोगको पहिचान निदान उपचार रोकथाम र सहयोगका लागि कोषको व्यवस्था र परिचालन गर्ने ।

१.३ क्षयरोग मुक्त घोषणालाई दिगोपनाका लागि कार्ययोजना र कार्यान्वयन सहितको प्रतिवद्धता गर्ने ।

१.४ क्षयरोग पहिचान, निदान, रोकथाम, उपचार, प्रेषण र सहयोगका सेवाहरु निःशुल्क रुपमा सञ्चालन गर्ने ।

उद्देश्य २: क्षयरोग अन्त्यका लागि संघ प्रदेश र स्थानीय तह समन्वय र सहकार्य कायम गर्दै स्थानीय साझेदार तथा सरोकारवालाहरूसंगको स्वामित्व र संलग्नताको विकास गर्नु।

२.१ संघ प्रदेश र स्थानीय तह बीच कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि संयन्त्र विकास गर्ने ।

२.२ स्थानीय तहमा आवश्यकता अनुसार सबै सरोकारवलाहरुको सहभागिता हुने गरी समिति गठन र जिम्मेवारी तोक्ने ।

२.३ स्थानीय तहका पदाधिकारी, स्वास्थ्यकर्मी, स्वयं सेवक, शैक्षिक संस्था, सामाजिक संघ संस्था, सरकारी, निजी तथा गैर सरकारी संघ संस्थाहरु समेतलाई कार्यक्रम प्रति जिम्मेवार बनाउने ।

उद्देश्य ३: क्षयरोग अन्त्यका लागि राजनीतिक प्रतिबद्दता सहित बिरामीमैत्री स्वास्थ्य प्रणालीको विकास र सुदृढीकरण गर्नु।

३.१ अभियानलाई सफलतापूर्वक संचालन गर्नका लागि संघ, प्रदेश र स्थानीय तहले आवश्यकता अनुसार नियमति रुपमा श्रोत र साधनको सुनिश्चितता गर्ने ।

३.२ कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गर्नका लागि सबै तहका सरकारको प्रतिबद्धता सुनिश्चित गर्ने ।

३.३ गुणस्तरीय सेवाका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने ।

३.४ तोकिए बमोजिम अभिलेख राख्ने र नियमित प्रतिवेदनको सुनश्चितता गर्ने ।

क्षयरोग मुक्त नेपाल अभियानका प्रमुख क्रियाकलापहरू