वि.सं:
नेपाल संवत: ११४६ थिंलागा षष्ठी - २१
क्षयरोग आपूर्ति व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने राष्ट्रिय रणनीतिक योजना २०२१/२२-२०२५/२६ मा रणनीति १ र कार्यनीति १.१ र यसका प्रमुख क्रियाकलापहरूले क्षयरोग आपूर्ति व्यवस्थापनमा जोड दिन्छ। रणनीति १: कार्यनीति १.१: क्षयरोग कार्यक्रममा स्वास्थ्य प्रणालीको थप सुदृढीकरण गर्दै स्वास्थ्यमा सर्वव्यापी पहुँचमा वृदि गरी गुणस्तरीय क्षयरोग सेवा प्रदान गरिनेछ। मुख्य क्रियाकलाप १.१.६: प्रभावकारी आपूर्ति व्यवस्थापनको सुनिश्चितता गर्ने।
परिमाण निर्धारण: क्षयरोग औषधीको परिमाण निर्धारण निम्न आधारमा गरिन्छ: क्षयरोगका विभिन्न प्रकारका बिरामीहरूको अनुमानित संख्या, औषधी र वस्तुहरूको वार्षिक खपत, बजेट उपलब्धता, मौजुदा परिमाण।
खरीद: सरकारी बजेटबाट सबै खरिद सार्वजनिक खरिद ऐन र नियमावलीहरूको प्रावधानहरू अनुसार गरिन्छ। NTCC ले ई-बिडिङ प्रक्रियाहरु अपनाउँदै क्रमशः सरकार र Global Fund बाट प्राप्त गरिएको बजेट अनुसार औषधी र वस्तुहरूको खरिद गर्दछ।
वितरण: राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पहिलो लाइनको क्षयरोग औषधीहरू सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र (PHLMC) लाई त्रैमासिक रूपमा आपूर्ति गर्दछ भने काठमाडौँ, भक्तपुर र ललितपुरको स्वास्थ्य कार्यालयमा सिधै आपूर्ति गर्दछ। PHLMC बाट औषधीहरू सबै स्वास्थ्य कार्यालयहरूमा आपूर्ति गरिन्छ र स्वास्थ्य कार्यालयबाट स्थानीय तहमा आपूर्ति गरिन्छ। स्थानीय तहहरूबाट स्वास्थ्य संस्थाहरूमा पहिलो लाइनको क्षयरोग औषधिहरू आपूर्ति गरिन्छ। दोस्रो लाइनको औषधिको हकमा, NTCC ले त्रैमासिक रूपमा DR केन्द्रहरू र उप-केन्द्रहरूमा सिधै आपूर्ति गर्दछ।
भण्डारण: सबै औषधि र वस्तुहरू NTCC स्टोरमा उपयुक्त तापक्रम कायम राखेर भण्डारण गरिन्छ र वितरणमा FEFO Principle र मागको आधारमा गरिन्छ।