NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा षष्ठी - २१

रणनीतिक दिशा

क्षयरोग अन्त्यको राष्ट्रिय रणनीतिक योजना २०२१/२२-२०२५/२६

दीर्घकालीन सोच: क्षयरोग मुक्त नेपाल

लक्ष्य: नेपालले आ.. २०७७/७८ को २३८ प्रति १००,००० जनसंख्यामा नयाँ क्षयरोग हुने दर (Incidence Rate) भएकोमा यो दरलाई आ.. २०८२/८३ को अन्त्य सम्ममा १८१ मा घटाउने र; मृत्युदरलाई आ.. २०७७/७८ मा ५८ बाट प्रति १००,००० जनसंख्यामा आ.. २०८२/८३ मा २३ मा घटाउने; .. २०९१/९२ सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने; र आ.. २१०६/०७ सम्ममा क्षयरोग निवारण गर्ने। क्षयरोगको कारणले परिवारमा पर्ने अधिक अर्थिक व्ययभार (Catastrophic Cost) शून्यमा झार्ने।

उद्देश्य

​उद्देश्य १: क्षयरोग अन्त्यका लागि राजनैतिक प्रतिबद्धता, दिगोपन र बिरामीमैत्री स्वास्थ्य प्रणाली विकास र सुदृढीकरण गर्नु।

उद्देश्य २: क्षयरोगको पहिचान, निदान, गुणस्तरीय उपचार र रोकथाम सुनिश्चित गर्नु।

रणनीतिक उद्देश्य र नीतिहरू


रणनीति र नीतिगत कार्यहरू

रणनीति १: स्वास्थ्य प्रणाली सुदृढीकरण भई स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि गुणस्तरिय क्षयरोग सेवाको सुधार गर्ने, क्षयरोग व्यवस्थापनमा समुदायको संलग्नता बृद्दी गरी सेवा तथा सहयोगलाई प्रभावकारी बनाउने र स्वास्थ्य संस्थाहरुमा बिरामीको विस्तृत विवरणमा आधारित विधुतिय निगरानी प्रणालीलाई सुदृढीकरण गर्ने।

नीतिगत कार्य

१.१ क्षयरोग कार्यक्रममा स्वास्थ्य प्रणालीको थप सुदृढीकरण गर्दै स्वास्थ्यमा सर्वव्यापी पहु ँचमा बृद्धि गरी गुणस्तरीय क्षयरोग सेवा प्रदान गरिने छ ।

१.२ क्षयरोग मुक्त नेपाल अभियानमा समुदायको संलग्नता र स्वामित्वमा सुदृढीकरण गरिनेछ ।

१.३ क्षयरोग कार्यक्रमको अनुगमन प्रणालीलाई सुदृढीकरण गरिनेछ ।

१.४ प्राकृतिक तथा अन्य विपदको समयमा क्षयरोग कार्यक्रमको निरन्तरताका लागि योजनाको विकास गरी एकीकृत स्वास्थ्य प्रणाली मार्फत कार्यान्वयन भएको सुनिश्चितता गरिनेछ ।

रणनीति २:. क्षयरोगको निदान तथा उपचार उपचार व्यवस्थापनमा थप सुधार ल्याउन प्रयोगशाला सेवाको सुदृढीकरण गर्ने ।

नीतिगत कार्य

२.१ क्षयरोग प्रयोगशाला सेवाको सुदृढीकरण गरिनेछ ।

रणनीति ३:. क्षयरोगको रोकथाम, पहिचान र उपचारका सेवाहरूमा गुणस्तर सुदृढीकरण (Quality Improvement) गर्ने ।

नीतिगत कार्य

३.१ डिएस (DSTB) र डिआर (DRTB) टिबीको बिरामी पत्ता लगाउने दरमा वृद्धि गरिनेछ ।

३.२ क्षयरोग बिरामीको उपचार सफलता दरमा वृद्धि गरिनेछ ।

३.३ क्षयरोग रोकथाम थरापी (TPT) को सेवालाई विस्तार गरिनेछ । स्वास्थ्य संस्थाहरूमा क्षयरोग संक्रमण नियन्त्रणका उपायहरूको सुदृढीकरण गरिनेछ ।

३.४ क्षयरोग सेवामा वहुक्षेत्रीय अवधारणालाई लागू गर्ने र क्षयरोगको विभिन्न कोमोर्विड (Co morbidities) अवस्थामा हुने क्षयरोगको उच्च जोखिमलाई सम्बोधन गरिनेछ ।

३.५ क्षयरोगका सेवाको प्रभावकारी रूपमा व्यवस्थापन गर्न निजी तथा गैह्रसरकारी क्षेत्रको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गरिनेछ ।