वि.सं:
नेपाल संवत: ११४६ थिंलागा षष्ठी - २१
सार्वजनिक नीजि साझेदारी
नेपालमा राष्ट्रिय क्षयरोग कार्यक्रमले राष्ट्रिय प्रोटोकल अनुरूप गुणस्तरीय निदान, उपचारात्मक सेवा प्रवाहको सुनिश्चितताका लागि निजी र सार्वजनिक स्वास्थ्य प्रदायकहरूलाई क्षयरोग कार्यक्रमका विभिन्न क्रियाकलापहरुमा संलग्न गर्दै आएको छ। क्षयरोग अन्त्य गर्ने राष्ट्रिय रणनीतिक योजना २०२१/२२-२०२५/२६ ले TB सेवाहरूको प्रभावकारी व्यवस्थापनको लागि निजी र गैर-सरकारी क्षेत्रको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न जोड दिएको छ। क्षयरोग सम्बन्धि सेवाहरूको प्रभावकारी कार्यान्वयन तथा व्यवस्थापन गर्न सम्बन्धित सरोकारवालाहरू (मेडिकल कलेज, निजी स्वास्थ्य संस्थाहरू आदि) सँग साझेदारी विकास गरिएको छ।
निजी क्षेत्रका चिकित्सकहरुका लागि क्षयरोग सम्बन्धि निरन्तर चिकित्सा शिक्षा (CME); क्षयरोग निदान र व्यवस्थापनमा निजी चिकित्सकहरूको संलग्नता; निजी चिकित्सकहरू, प्यारामेडिक्स, नर्सिङ, , फार्मेसी संचालक, प्रयोगशालाकर्मीहरू आदिलाई TB DOTS अभिमुखीकरण/प्रशिक्षण आदि सार्वजनिक नीजि साझेदारीका प्रमुख क्रियाकलापहरु हुन् ।
सार्वजनिक नीजि साझेदारीका उदेश्यहरू:
NTP नीति अनुरूप गुणस्तरीय क्षयरोग सेवाहरूको सुनिश्चित गर्न सार्वजनिक र निजी स्वास्थ्य सेवा प्रदायकहरूलाई संलग्न गराउने ।
क्षयरोग कार्यक्रममा पीपीएममा प्रमुख गतिविधिहरू
क्षयरोग व्यवस्थापनमा निजी र गैरसरकारी संस्थाहरू/आईएनजीओहरूको सक्रिय सहभागिता र संलग्नताको लागि विभिन्न कार्यक्रममा र क्रियाकलापहरुमा जोड दिनुपर्छ, बजारमा क्षयरोग औषधीहरूको नियमन, शहरी स्वास्थ्य सुविधाहरूमा डट्सको विस्तार, क्षयरोग नियन्त्रणमा निजी चिकित्सा व्यवसायीहरूको संलग्नता, निजी चिकित्सा व्यवसायीहरूलाई तालिम र अभिमुखीकरण, निजी क्षेत्रमा गुणस्तर मूल्याङ्कन, नियमित अनुगमन र निजी क्षेत्रहरूलाई परामर्श आदि।