वि.सं:
नेपाल संवत: ११४६ थिंलागा षष्ठी - २१
औषधी प्रतिरोधी क्षयरोग व्यवस्थापन
औषधी प्रतिरोधी क्षयरोग एक प्रमुख समस्या हो जसले विश्वव्यापी क्षयरोग नियन्त्रण कार्यक्रमको सफलतालाई थप चुनौतिहरु सिर्जना गरेको छ। नेपालमा, सन् २००५ मा राष्ट्रिय क्षयरोग कार्यक्रमले MDR TB व्यवस्थापन कार्यक्रम लागुभई सेवा प्रारम्भ भयो। विश्वव्यापी रूपमा सन् २०२३ मा १७५,९२३ मानिसहरूलाई बहुऔषधी प्रतिरोधी वा रिफाम्पिसिन प्रतिरोधी क्षयरोग (MDR/RR-TB) को निदान र उपचार गरिएको थियो; यो सन् २०२३ मा MDR/RR-TB विकसित भएको अनुमान गरिएका ४००,००० मानिसहरूमध्ये ४४% थियो। MDR/RR-TB को उपचार सफलता दर विश्वव्यापी रूपमा ६८% मा सुधार भएको छ।
ग्लोबल क्षयरोग प्रतिवेदन २०२४ अनुसार, २०२३ मा नेपालमा औषधी प्रतिरोधी क्षयरोग (DR-TB) को वार्षिक बोझ ३००० हुने अनुमान गरिएको थियो। सन् २०२४ मा गरिएको DRS सर्वेक्षणको आधारमा RR/MDR-TB को अनुपात नयाँ बिरामीहरुमा २.२% र पुन: उपचारमा आएका बिरामीहरुमा १०.१% रहेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा, कुल ७५६ DR-TB निदानभई, ६३३ जना उपचारमा भर्ना भएका थिए। नेपालमा क्षयरोग आ.ब. २०८०/८१ मा उपचार सफलता दर ७८% थियो जुन DR-TB को लागि विश्वव्यापी सफलता दर भन्दा राम्रो थियो र मृत्युदर १२% थियो। नेपालमा औषधी प्रतिरोधी क्षयरोगको व्यवस्थापनको लागि सेवा प्रदान गर्ने आउटलेटहरू आर्थिक वर्ष २०८०/८१ सम्ममा २९ DR उपचार केन्द्रहरू, ९८ DR उपचार उप-केन्द्रहरू, १ DR गृह, ६ DR छात्रावास, ३ DR TB रेफरल केन्द्र छन्।
National DRTB Management Guideline 2023 लागु भएपश्चात, नेपालले अप्रिल २०२४ देखि औषधी प्रतिरोधी क्षयरोग बिरामीहरुको उपचार सबै मुखबाट खान मिल्ने, छोटो र नयाँ औषधी (BPaL/M) बाट गर्न थालियो । DR TB उपचारको हालको अवधि BPaL/BPaLM को लागि ६ महिना, OSSTR को लागि ९ महिना र लामो औषधीको लागि १८ महिना रहेको छ।