कार्य विवरण
राष्ट्रिय क्षयरोग केन्द्र कार्यविवरण
१. अनुगमन, मुल्याङ्कन, निगरानी तथा अनुसन्धान शाखा
- क्षयरोगको रोकथाम तथा व्यवस्थापन सम्बन्धी आवश्यक राष्ट्रिय कानून, नीति तथा रणनीति तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
- औषधि संवेदनशील (Drug Sensitive) क्षयरोग तथा औषधि प्रतिरोधी (Drug Resistant) क्षयरोग सम्बन्धी सेवाहरुको अनुगमन तथा मुल्याङ्कनका कार्यहरू गर्ने ।
- औषधि संवेदनशील (Drug Sensitive) क्षयरोग तथा औषधि प्रतिरोधी (Drug Resistant) क्षयरोग सम्बन्धी निगरानी तथा अनुसन्धानका कार्यहरू गर्ने ।
- क्षयरोगको उपचार र नियन्त्रणका सम्बन्धमा अन्तराष्ट्रिय स्तरमा भएका नविनतम प्रविधि तथा प्रगतिको आधारमा सम्बद्ध निकायहरुलाई अद्यावधिक गर्ने तथा राय परामर्श दिने ।
- क्षयरोग सम्बन्धी अनुगमन तथा मूल्यांकन, सर्भिलेन्स तथा अनुसन्धान सम्बन्धी कार्यका लागि सहयोग गर्ने ।
- क्षयरोग नियन्त्रण सम्बन्धी संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने
- क्षयरोग ब्यवस्थापान सम्बन्धी अन्तरराष्ट्रिय स्तरमा सम्पर्क विन्दुको रुपमा काम गर्ने ।
- क्षयरोग निदान सम्बन्धी प्राविधिक जनशक्ति विकासका लागि आवश्यक समन्वय तथा सहयोग गर्ने
- क्षयरोग नियन्त्रण सम्बन्धी औषधि, उपकरण तथा औजारहरुको खरिद, आपूर्ती व्यवस्थापनको लागि सहजिकरण र सहयोग गर्ने ।
- क्षयरोग नियन्त्रण सम्बन्धी सुचना व्यवस्थापन तालिम लगायत संघीय कार्यहरुमा समन्वय र सहयोग गर्ने।
- अन्य सरकारी वा गैह सरकारी संघ संस्थाहरुसंग समन्वय गरी क्षयरोग नियन्त्रण र उपचारमा संघीय स्तरका कार्यहरु गर्ने ।
- प्रदेशसँगको समन्वयमा रोग निगरानी तथा अनुसन्धानका गतिविधिको अनुगमन, सुपरिवेक्षण गरी सम्बद्ध निकायहरुलाई पृष्ठपोषण गर्ने ।
- क्षयरोग नियन्त्रण र उपचार सम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरुसंग समन्वयका लागि सहजिकरण गर्ने ।
२. क्षयरोग उपचार शाखा
- .औषधि संवेदनशील (Drug Sensitive) क्षयरोग सम्बन्धी उपचारात्मक सेवाहरु सम्बन्धी राष्ट्रिय स्तरमा आवश्यक कानून, नीति तथा मापदण्ड निर्माणका लागि आवश्यक सहयोग गर्ने
- औषधि संवेदनशील (Drug Sensitive) क्षयरोग सम्बन्धी निर्देशिका, प्रोटोकल तथा मापदण्ड एवं गुणस्तर निर्धारण सम्बन्धि कार्यहरू गर्ने ।
- औषधि संवेदनशील (Drug Sensitive) क्षयरोग सम्बन्धी उपचारात्मक सेवा सम्बन्धमा संबद्ध निकायहरुको समन्वयमा आवश्यक सेवा प्रदान गर्ने ।
- औषधि संवेदनशील (Drug Sensitive) क्षयरोग निदान सम्बन्धी प्राविधिक जनशक्ति विकासका लागि आवश्यक सहयोग गर्ने ।
- औषधि संवेदनशील (Drug Sensitive) क्षयरोग निदान, उपचार लगायत विरामीको व्यवस्थापन सम्बन्धी प्राविधिक जनशक्ति विकासका लागि आवश्यक सहयोग गर्ने ।
३. औषधि प्रतिरोधी क्षयरोग उपचार शाखा
- औषधि प्रतिरोधी (Drug Resistant) क्षयरोग सम्बन्धी राष्ट्रिय स्तरमा आवश्यक कानून, नीति तथा मापदण्ड निर्माणका लागि आवश्यक सहयोग गर्ने ।
- औषधि प्रतिरोधी (Drug Resistant) क्षयरोग सम्बन्धी निर्देशिका, प्रोटोकल तथा मापदण्ड एवं गुणस्तर निर्धारण सम्बन्धि कार्यहरू गर्ने ।
- औषधि प्रतिरोधी (Drug Resistant) क्षयरोग सम्बन्धी उपचारात्मक सेवा सम्बन्धमा समन्वयमा आवश्यक सेवा प्रदान गर्ने ।
- औषधि प्रतिरोधी (Drug Resistant) क्षयरोग निदान, उपचार लगायत विरामीको व्यवस्थापन सम्बन्धी प्राविधिक जनशक्ति विकासका लागि आवश्यक सहयोग गर्ने ।
४. प्रशासन तथा आपुर्ति व्यवस्थापन शाखा
.
- क्षयरोग नियन्त्रणका लागि संघीय तहमा खरिद तथा आपूर्ति सम्बन्धि राष्ट्रिय कानुन, नीति, निर्देशिका, गुणस्तर मापदण्ड, प्रोटोकलहरु निर्माण गर्न सहयोग गर्ने ।
- क्षयरोग नियन्त्रणसँग सम्बन्धी औषधि, स्वास्थ्य उपकरण तथा औजारहरुको मापदण्ड एवम् specification bank तयार तथा अध्यावधिक गर्ने ।
- क्षयरोग नियन्त्रणका लागि आवश्यक पर्ने विशिष्ट किसिमका औषधी तथा स्वास्थ्य सामाग्रीहरुको खरीद तथा प्रदेशस्तरमा आपूर्तिको व्यवस्था गर्ने ।
- प्रदेश तथा स्थानीय स्तरमा क्षयरोग नियन्त्रणसँग सम्बन्धित आवश्यक औजार, उपकरण तथा औषधीहरुको खरीद तथा आपूर्ति गर्न सहजिकरण गर्ने ।
- राष्ट्रियस्तरमा आपूर्ति व्यवस्थापन सूचना प्रणालिलाई संस्थागत गर्न समन्वय तथा सहजिकरण गर्ने ।
- केन्द्र अन्तरगतका कार्यालयहरुमा आवश्यक समाग्रीको व्यवस्थापन गर्ने ।
- केन्द्रका कर्मचारीहरुको हाजिर तथा विदा व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- केन्द्रका कर्मचारीहरुको व्यक्तिगत विवरण अध्यावधिक गर्ने ।
- केन्द्र अन्तरगत दर्ता चलानी सम्बन्धी कार्य गर्ने ।
- केन्द्रको भवनको सुरक्षा, सरसफाई, बति, पानी तथा टेलिफोनको प्रवन्ध लगायत आन्तरिक प्रशासन सम्बन्धी अन्य कार्य गर्ने ।
- केन्द्रमा रहेका सरसामानहरुको रेखदेख तथा मर्मत सम्भारको व्यवस्था मिलाउने ।
- केन्द्र अन्तरगत जिन्सी व्यवस्थापन गर्ने ।
- केन्द्रको कामका सिलसिलामा आईपर्ने अन्य प्रशासनिक कार्यहरु गर्ने ।
- केन्द्रस्तरमा कानूनी परामर्श प्रदान गर्ने ।
- केन्द्र र अन्तरगतका कार्यालयका लागि आर्थिक विवरण तयार गर्ने ।
- केन्द्र अन्तरगत अख्तियारी व्यवस्थापन तथा रकमान्तर गर्ने ।
- केन्द्र अन्तरगतका शाखाहरुको बजेट निकासा गराउने ।
- केन्द्रको आन्तरिक लेखा परिक्षण गराउने ।
- केन्द्र अन्तरगतका कार्यालयहरुको अन्तिम लेखा परीक्षण गराउने ।
- केन्द्र अन्तरगत बेरुजुको लगत राख्ने तथा बेरुजु फछ्यौट गराउने ।
- केन्द्रको कार्य संचालनको निकासा लिने ।
- केन्द्रको दैनिक कार्य संचालनको लागि खर्च भएको रकम भुक्तानी दिने ।
- केन्द्रको आर्थिक तथा आन्तरिक प्रशासन सम्बन्धी मासिक तथा वार्षिक विवरण तयार गर्ने ।
- केन्द्रको आर्थिक प्रशासनसंग सम्बन्धित राय सल्लाह प्रदान गर्ने ।
- संघीयस्तरको वार्षिक कार्य योजना तर्जुमा प्रक्रिया तथा कार्यान्वयनमा समन्वय तथा सहयोग गर्ने