वि.सं:
नेपाल संवत: ११४६ थिंलागा षष्ठी - २१
बालबालिकाहरुमा क्षयरोग व्यवस्थापन
बालबालिकामा हुने क्षयरोग प्रयायमा फोक्सोको क्षयरोग हो, यद्यपि Xpert MTB/RIF मार्फत वा खकार माइक्रोस्कोपीबाट ब्याक्टेरियोलोजिकल कन्फरमेसन, साना बालबालिकाका लागि सधैं सम्भव हुँदैन। यसको लागि सावधानीपूर्वक बिरामी बालबालिकाको history, क्लिनिकल परीक्षण र सान्दर्भिक जाँजबुझबाट प्राप्त सबै नतिजालाई सावधानीपूर्वक र पूर्ण मूल्याङ्कन आवश्यक पर्दछ। यस्ता जाँचबुझहरुमा Mantoux परीक्षण (MT), छातीको एक्स-रे (CXR), Xpert MTB/Rif र अन्य जाँचबुझहरू। यसमा खकार निस्कासन र ग्यास्ट्रिक aspiration नमूना सङ्कलनको लागि प्रभावकारी विधि भएपनि खकार सङ्कलन गर्ने हरेक प्रयास सम्भव भएसम्म गरिनुपर्छ। खकार निस्कासन गर्न सक्ने बालबालिकाहरूको लागि Xpert MTB/RIF पहिलो निदान परीक्षण हो। बालबालिकामा अज्ञात ज्वरो, तौल बढ्न नसक्नु, लहरे खोकी, गम्भीर कुपोषण र/वा अन्य इम्युनोसप्रेसिभ अवस्था भएको बच्चालाई क्षयरोगको लागि evaluation गरिनुपर्छ। निमोनिया, pleural effusion, वा cavitary अथवा मास लिसन वा फोक्सोमा अन्य असामान्यता भएका कुनै पनि बच्चालाई standard antibacterial therapy ले पनि सुधार नभएमा क्षयरोगको लागि evaluation गरिनुपर्छ।
नेपालमा, FY २०८०/८१ मा रिपोर्ट गरिएका क्षयरोगका बिरामीहरु मध्यमा बालबालिकामा भएको क्षयरोगका बिरामीहरू सबै केसहरूको लगभग ८.६% छन्। बालबालिकाको क्षयरोगको उपचारको लागि child friendly dispersible TB drug उपलब्ध छ। The new fixed dose combination of HRZ: ५०:७५:१५० mg, E: १०० mg र HR ५०:७५ को प्रयोग गर्नुपर्छ जसमा प्रत्येक बिरामीको लागि ट्याब्लेटको संख्या उनीहरूको तौल अनुसार निर्धारण गरिन्छ। बालबालिकाको क्षयरोग व्यवस्थापनको लागि विस्तृत रुपमा जानकारीका लागि National Tuberculosis Mangement Guideline 2019 लाई हर्नुपर्छ।