राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा अष्टमी - २३
काठमाडौँ — क्षयरोग माइको व्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाबाट हुने एक सङ्क्रामक रोग हो, जसले प्रायः फोक्सोलाई प्रभावित गर्ने भए पनि शरीरका अन्य अङ्गमा समेत असर पार्न सक्छ । खकारमा क्षयरोगका किटाणु भएका व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा ती किटाणु हावामा फैलिन्छन् र उक्त दूषित हावा स्वस्थ व्यक्तिले साससँगै लिँदा सङ्क्रमण सर्न सक्छ। क्षयरोग मुख्यतः सुसुप्त र सक्रिय गरी दुई प्रकारका हुन्छन् । सुसुप्त अवस्थामा ब्याक्टेरिया शरीरमा भए तापनि रोग सक्रिय हुँदैन, कुनै लक्षण देखिँदैन र अरूलाई सङ्क्रमण पनि हुँदैन तर आइग्रा वा मन्टक्स छाला परीक्षणमा पोजिटिभ देखिन सक्छ । सक्रिय अवस्थामा भने ब्याक्टेरिया सक्रिय भई बिरामीलाई असर पार्छ र अत्यधिक सङ्क्रामक हुन्छ, जसमा लगातार खोकी लाग्नु, छाती दुख्नु, खकारमा रगत देखिनु, तौल घट्नु र साँझपख ज्वरो आउने जस्ता लक्षणहरू देखा पर्छन् ।
सामान्यतयाः कमजोर प्रतिरक्षा भएका व्यक्ति, एचआईभी सङ्क्रमित, मधुमेह भएका व्यक्ति, गर्भवती महिला तथा कुपोषित व्यक्तिहरू क्षयरोगको उच्च जोखिम समूहमा पर्छन् । समयमै परीक्षण, चिकित्सकको परामर्श तथा उचित उपचार अपनाउँदा क्षयरोग पूर्ण रूपमा निको पार्न सकिन्छ ।
- कपिलप्रसाद तिमल्सेना
Source: ekantipur