वि.सं:
नेपाल संवत: ११४६ थिंलागा षष्ठी - २१
उद्देश्य १: क्षयरोग अन्त्यका लागि राजनैतिक प्रतिबद्धता, दिगोपन र बिरामीमैत्री स्वास्थ्य प्रणाली विकास र सुदृढीकरण गर्नु। उद्देश्य २: क्षयरोगको पहिचान, निदान, गुणस्तरीय उपचार र रोकथाम सुनिश्चित गर्नु।
लक्ष्य: नेपालले आ.ब. २०७७/७८ को २३८ प्रति १००,००० जनसंख्यामा नयाँ क्षयरोग हुने दर (Incidence Rate) भएकोमा यो दरलाई आ.ब. २०८२/८३ को अन्त्य सम्ममा १८१ मा घटाउने र; मृत्युदरलाई आ.ब. २०७७/७८ मा ५८ बाट प्रति १००,००० जनसंख्यामा आ.ब. २०८२/८३ मा २३ मा घटाउने; आ.ब. २०९१/९२ सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने; र आ.ब. २१०६/०७ सम्ममा क्षयरोग निवारण गर्ने। क्षयरोगको कारणले परिवारमा पर्ने अधिक अर्थिक व्ययभार (Catastrophic Cost) शून्यमा झार्ने।